- धन बहादुर सिंजाली
- नवलपुर १३ भदौ ।
दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि संगै २४ को मृत्यु भएको छ ।
आज स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४२ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २६० जना कोरोनामुक्त कुल नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ को मृत्यु र नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।



















