- धन बहादुर सिन्जाली
- नवलपुर १४ भदौ ।
आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताए अनुसार गत साताको शुक्रबार देखि सुनको मूल्य स्थिर रहेको हो । आज सुनको मूल्य प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।
आज पनि तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० कारोबार भइरहेको छ । यता आइतबार प्रतितोला १० ले उकालो लागेको चाँदीको मूल्य आज स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार २१० कायम भएको महासङ्घले जनाएको छ ।



















