- न बहादुर सिंजाली
- नवलपुर १४ भदौ ।
आज काठमाडौंको टेकुस्थित एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा रहेको गोदाममा आगलागी भएको हो । बाल्ट्रा कम्पनीको घरायसी सामान राख्ने गोदाममा बिद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ । आगो निभाउन काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल बोलाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















