- धन बहादुर सिंजाली
- नवलपुर १४ भदौ ।
आज गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा १७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
थपिने संक्रमितहरुमा कास्कीका ७३, नवलपरासी पूर्वका ३९, गोरखाका, स्याङ्जाका १५, म्याग्दीका सात र तनहुँका छ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा यस प्रदेशमा तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।



















