- धन बहादुर सिन्जाली
- नवलपुर १५ भदौ ।
आज बजारमा सुनको मूल्य चार सयले घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।
सुन तोलामा ४ सयले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















