- धन बहादुर सिंजाली
- नवलपुर १६ भदौ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिना भन्दा मुनीका बालबालिकालाई नियमित रुपमा विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनुरोध गरेको हो । मन्त्रालयले नियमित खोप नलगाउँदा दीर्घकालिन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपाङ्ग हुने दर बढ्ने भएकोले बालबालिकालाई उमेर अनुसारको नियमित खोप लगाउनुपर्ने जनाएको छ ।



















