- धन बहादुर सिंजाली
- नवलपुर १६ भदौ ।
आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा कोरोना संक्रमण पुष्टि संगै २० जना मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २४ घण्टामा ३ हजार ३० जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने थप २० जना संक्रमितको मृत्यु भएको छ ।



















