- धन बहादुर सिन्जाली
- नवलपुर १६ भदौ ।
स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



















