- धन बहादुर सिंजाली
- नवलपुर १६ भदौ ।
स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने जानकरी दिएको छ ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरिएको छ ।



















