- धन बहादुर सिंजाली
- चितवन १७ भदौ ।
भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
विहीबार अख्तियार हेटौंडाको पाँच जनाको टोलीले छापा मारेको हो । जानकारी अनुसार अख्तियारले बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा छापा मारेको हो । औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोबाट औषधि किनेको भन्ने उजुरीका आधारमा छापा मारेको जानकारी गराइएको छ ।



















