- धन बहादुर सिंजाली
- नवलपुर १७ भदौ ।
आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जानको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५० हजार २०८ पुगेको छ । पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भए संगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ । र आजको २४ घण्टामा १६ जनाको मृत्यु संगै मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।



















