- धन बहादुर सिंजाली
- नवलपुर २१ भदौ ।
आज नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि संगै २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५५ हजार २१८ पुगेको छ ।आज २४ घण्टामा एक हजार ७४३ जना कोरोनामुक्त भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।



















