- धन बहादुर सिंजाली
- नवलपुर २४ भदौ ।
देशभर आज पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि संगै १४ जानको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९४४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६० हजार ८०६ पुगेको छ । र आज २४ घण्टामा एक हजार ८४५ जना कोरोनामुक्त भए साथै हाल सम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।



















