- धन बहादुर सिन्जाली
- नवलपुर ३१ भदौ ।
आज सिरहा जिल्लामा पाँच केजी चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् ।



















