- धन बहादुर सिंजाली
- नवलपुर ६ असोज
आज नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७७ हजार ४३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६३० जना कोरोनामुक्त संगै संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ ।भने आज ६ को मृत्यु भए पछी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।



















