- धन बहादुर सिंजाली
- नवलपुर ८ असोज
आज नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि संगै ९ जनाको मृत्यु भएको छ ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८० हजार १५२ पुगेको छ । । आज मात्र १ हजार ५५० जना कोरोना मुक्त भए संगै कुल कोरोना बाट ७ लाख ५८ हजार ५०४ पुगेको छ । ९ जनाको मृत्यु संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।



















