- धन बहादुर सिंजाली
- चितवन ८ असोज
आज चितवनमा कोरोना संक्रमणमुक्त हुनेभन्दा नयाँ थपिने धेरै भए संगै पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिए, ४१ जना संक्रमणमुक्त भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका ४८३ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि कम हुने गरेको छ । कुनै बेला ७ देखि ९ सय जनासम्मको परीक्षण हुने गरेकोमा अहिले २ देखि ५ सय जनासम्मको मात्रै हुने गरेको छ । शुक्रबार जिल्लामा सक्रिय संक्रमितको संख्या ५८५ रहेको छ ।



















