- धन बहादुर सिंजाली
- नवलपुर १५ असोज
आज नेपालमा २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै १३ जानको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८७ हजार ६८०भएको छ । २४ घण्टामा ९ सय ३८ जना कोरोना मुक्त भए, र कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६६ हजार ६९६ रहेको छ । १३ को मृत्यु संगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।



















