- धन बहादुर सिंजाली
- चितवन १५ असोज
भरतपुर जिल्ला प्रशासन कार्यालय चितवनले दसैँमा मास्क अभियान चलाउने भएको छ ।
जिल्ला प्रशासन चितवन शुक्रबार सूचना जारी गरी दसैँको घटस्थापनादेखि फूलपातीसम्म मास्क अभियान चलाउने भएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम र नियन्त्रण गर्न मास्क अभियान चलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने । उनका अनुसार दसैँको समयमा हिँडडुल बढी हुने हुँदा कोरोनाको संक्रमण बढ्न सक्ने जोखिम भएका कारण मास्क अभियान चलाउने भएको हो । यसअघिका चाडपर्वजस्तै सांकतिकरुपमा न्यून सहभागितामा घरभित्रै चाडपर्व मनाउन पनि प्रशासनले सबैलाई आग्रह गरेको छ ।



















