Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • माघ १०, सोमबार १०:१३ बजे प्रकाशित
bulingtar press ads
  • जगत ठाडा मगर
  • बुटवल,१० माघ ।

दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरे ।

पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सिमा क्षेत्र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१५ स्थीत जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

‘कारागारका कैदी उपचारको बहना बनाएर भागेपछि जिल्ला प्रहरी कार्यालयले डिएसपीको कमाण्डमा खोजी तथा अनुसन्धानको कार्य भैरहेको थियो’,प्रहरी उपरीक्षक काफ्लेले भने,‘त्यसैक्रममा प्रहरीले सोमवार नेपालगंजको जमुनहा नाकाबाट हिडडुल गरिरहेको अवस्थामा परियारलाई पक्राउ गरेको हो ।’

कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियार पुसको ८ गते छालाको उपचार गर्न भनी प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर उनीहरू अस्पताल नगएर घोराहीमा रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए । लजमा यौन क्रियाकलापमा संलग्न रहेको बेला प्रहरी जवानलाई कोठामा थुनेर उनी भागेका थिए ।

प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो । कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । कारागारका नाईकेसमेत रहेका परियार भागेपछि अनुसन्धानको लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्य धनबहादुर चौधरी अनुसन्धानका क्रममा कारागारमा रहेका छन् ।

©NawalpurToday

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved