- मेरो नवलपुर
- गैंडाकोट ३ जेठ ।
गैंडाकोट नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा एमालेकी कोकीसरा राना मगर विजयी हुनुभएको छ ।
उहाँले १०३१ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार महाश्रम न्यौपानेले ९१८ मत प्राप्त गर्नुभएको थियो । यो वडामा कुल २०३६ मत खसेको थियो । कोकीसरा रानामगर यस अघिको स्थानिय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।



















