- मेरो नवलपुर
- नवलपुर ३ जेठ ।
नवलपुरको बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट पराजित अध्यक्ष शशिकिरण बास्ताकोटीको संयोजकमा छाँया सरकार गठन गरेको छ ।
छाँया सरकार गठनमा सदस्यहरुमा उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका सभापति रहेका छन । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकामा उपाध्यक्षसहित वडा नम्बर क्रमश: १,२,३,४ र ६ वडामा कांग्रेसको प्यानलनै बिजयी भएका छन । भने, वडा नन्बर – ५ मा नेकपा एमालेको प्यानलनै बिजय भएको हो ।
बुलिङटार गाउँपालिका नेपाली कांग्रेसको गढ मानिन्छ । तर, बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र सुनारी मगरले ४०५९ मत प्राप्त गरि प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार शशिकिरण बास्ताकोटीलाई १५९ मतअन्तरले पराजित गरेको छ । तर, गाउँपालिका उपाध्यक्ष भने नेपाली कांग्रेसका उम्मेदवार दिल मायाँ राना बिजयी भएको छ । उनले ४५१५ मत प्राप्त गरि आफ्नो प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार भुमिका खण्डलुकलाई एक हजारको मतअन्तरले हराएको हो ।
कांग्रेस बुलिङटारले मंगलबार (आज) आकस्मिक समीक्षा बैठक बसि पार्टीमा रहेर आफ्नै उम्मेदवारलाई हराउने अन्तरघाट गर्ने कार्यकर्तालाई पहिचान गरि कार्बाही गर्ने निर्णय गरेको वडा नम्बर – १ को सभापतिले जानकारी दिएको छ ।



















