- झेरीखण्डे टेलिभिजन
- गैंडाकोट ४ जेठ ।
गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी पार्दै नगर प्रमुख पदमा बाजि मारेका थिए । त्यस्तै नगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ति कोइराला निर्वाचित भएकी छन् ।



















