Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ ढिला हुँदा छपाइको काम प्रभावित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ १२, बिहीबार ०७:१५ बजे प्रकाशित
bulingtar press ads
  • बुलिङटार प्रेस
  • काठमाडौं  १२ जेठ ।

शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो । समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ मागेपछि केन्द्रका अधिकारीले भने स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको भन्दै पन्छिने प्रयास गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समितिको बुधबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपरेको भएकाले र रुस–युक्रेन युद्धका कारण कागज आउन ढिला हुँदा छपाइको काम प्रभावित भएको जनाएका छन् ।

झाले २ करोड पुस्तक छाप्नुपर्नेमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताएका छन् । छापिएका पाठ्यपुस्तक ९ जेठदेखि देशभरका नौवटा डिपोबाट वितरण थालिएको र दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनको भनाइ छ । छाप्न बाँकी पाठ्यपुस्तक प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाइ गर्ने तयारी भएको उनको भनाइ थियो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved