Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

एमालेलाई जस्तै काँग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : अध्यक्ष प्रचण्ड

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ १८, बुधबार ०३:२९ बजे प्रकाशित
bulingtar press ads

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। साथै उनले ‘एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउनु नपरोस्’ भन्दै चेतावनी पनि दिएका छन्।

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले थपे, ‘कांग्रेसले माओवादीलाई हल्का रुपमा लिने काम नगरोस्।’ प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताए। ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्। कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ,’ उनले भने।

अध्यक्ष प्रचण्ड बुधबार काठमाडौंमा आफ्नो पार्टीबाट निर्वाचित देशभरका स्थानीय तह प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै थिए। कार्यक्रममा उनले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा निर्वाचित स्वतन्त्र मेयरको नाम लिँदै त्यो जित पार्टीहरुका लागि सबक भएको बताए । बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको उनको भनाइ थियो। आफूहरूले उठाउँदै आएका विषयलाई बालेन र हर्कले अघि सारेर चुनाव जितेको दाबी पनि प्रचण्डले गरे।

माओवादीले राम्रो काम गर्न नसकेपछि जनताले सबकको रूपमा स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए। ‘जनताको सेवा गर्ने, धारा, पानी फोहोर व्यवस्थापन गर्ने, शोषण, विभेद अन्याय–अत्याचार सिध्याउँछौं भनेर हामी भनेको होइन?,’ उनले भने। बालेन र हर्कबाहेक अरूलाई स्वतन्त्र उम्मेदवार नमान्ने समेत उनले बताए। अध्यक्ष प्रचण्डले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताए। स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले माओवादीमाथि शंका पनि व्यक्त गरेको र आशा पनि राखेको उनले बताए।

‘हाम्रो पार्टीप्रति जनताको मोह भंग भइसकेको स्थिति छैन। तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ। जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ। माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने। जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका जारी गर्ने उनले सुनाए। उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिए। उनले भने, ‘उपदेश दिनका लागि यो आयोजना गरिएको होइन। उपदेश धेरै भइसकेको छ। कामकाजी कुरा चाहिएको छ। हाम्रा प्रतिनिधिलाई हेर्दा जनताले माओवादी सच्चिन लागेको रहेछ भन्ने हुनुपर्‍यो।’

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्व मुख्यसचिव लिलामणि पौड्याल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ । माओवादी केन्द्रले देशभर १२१ स्थानीय तहमा प्रमुख जितेको छ भने १ सय २६ स्थानीय तहमा उपप्रमुख हात पारेको छ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved