काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्रको शालिक राख्न राज्यले गरेको अवरोधमा आपत्ति जनाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले शालिक तोडफोड गर्नु गलत भएको बताएका छन् । थापाले भनेका छन् ‘आन्दोलनको रापतापमा राजालगायत विपी, भानुभक्तसमेतको शालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो, त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठिक भएन ।’
थापाले शालिक राखेर राजा नफर्किने पनि स्पष्ट पारेका छन् । उनले लेखेका छन् ‘शालिक राखेर राजा फर्कने होइन । इतिहासको सम्झना हो । लोकतन्त्र यति असहिष्णु हुनुहुन्न ।’



















