चितवन, जेठ २६ । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेर गए रातिदेखि नै सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको उनले बताए । मुग्लिन-नौबिसे सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना – ४ स्थित नाग्दिखोलामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएछि दर्जनौं सवारी र सयौं यात्रुहरु अलपत्र परेका छन् ।



















