Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कांग्रेसका आशलाग्दा युवाहरु जसपामा, कांग्रेसलाई झट्का

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २८ | मध्यान्ह ०४:०२ बजे

वीरगञ्ज, २८ जेठ । नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गर्दै सयौँ जना जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर – ८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधी विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह, मनोज क्षेत्री, राकेश दुबे, प्रदीप शर्मा, लालबाबु ठाकुर, उत्तम जोशी, मोबारक मियाँ लगायत ५ सय भन्दा बढीले जसपा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका आशलाग्दा युवा नेताहरु जसपामा प्रवेश गरेसँगै कांग्रेसलाई ठूलो झट्का लागेको छ । नवप्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर – १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतले अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।

arkhala ads

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ऐन मार्फत नै महिलाको समान सहभागितालाई ग्यारेण्टी गर्ने प्रयास गरेके बताएका छन् । उनले त्यसका लागि प्रदेश भरीका हरेक कार्यालयमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने गरी ऐनमा नै उल्लेख गरेको बताएका छन् । मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाहरुको खातामा नै पैसा पठाउने गरी कार्ययेजना बनाइएको पनि जानकारी दिए ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले अन्य पार्टीले कार्यकर्तालाई प्रयोग मात्रै गर्ने तर जसपाले कार्यकर्ताको योगदानको आधारमा जिम्मेवारी दिने भएकाले सबैलाई पार्टीमा गोलबद्ध हुन आग्रह गरे । यस्तै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जका वासिन्दाले विश्वास गरेर आफूलाई जिम्मेवारी दिएकाले उनीहरुको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । नगर बनाउने सवालमा सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताउँदै उनले त्यसका लागि आआफ्नो ठाउँबाट सहयेग गर्न पनि आग्रह गरेका छन् ।

वीरगञ्ज घण्टाघरको सडक केही दिनमा सबै कानूनी अड्चन टुंग्याएर कालोपत्रे गरिने पनि उनले जानकारी दिए । “कानूनी प्रावधान मिलाउँदै काम गर्नु पर्ने रहेछ मैले मात्रै चाहेर हुने भएको भए त्यही दिनमा कालोपत्रे गराइसक्थे”, उनले थपे, “घण्टाघरको सडक किन बनेन भन्ने प्रश्न तपाइहरुको मनमा होला, केही दिनमै घण्टाघरको सडक कालोपत्रे गरीन्छ, म आश्वासन मात्रै बाड्ने काम गर्दिन जे भन्छु त्यो गरेर छाड्छु ।”
वीरगञ्ज महानगरले नगरमा रहेका महिलाहरुको आर्थिक स्तर वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्न लागिरहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद करिमा बेगम नेता उमेशलाल सहनी वडा नम्वर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved