काठमाडौं, जेठ २९ । पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६२ जनाको पिसिआर र एक २९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै सोही अवधिमा १२ जना संक्रमित निको भएका छन् भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिले देशभर १०६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



















