Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो : बामदेव गौतम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ३ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्।

यो कार्यक्रम सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको उनले बताए। गौतम कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए। यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै गौतमले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे।

arkhala ads

उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए। गौतमले सरकार र सरकारको नेतृत्व गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि बताए।

सो प्रस्तावबारे संसद्‍‍मा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आग्रह गरे। उनले भने, एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभएको हो एसपीपी। तर सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु। नेृकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री केपी ओली त्यसमा संलग्न हुनुहुन्छ। अब सदनलाई साँचो कुरा बताउनु पर्छ र सत्य बताउँदा कोही पनि सानो हुँदैन। पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन।

एमसीसी पास गरेलगत्तै एसपीपी आयो। यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्यादै संवदेनशील भएँ, झसंग भएँ।’ एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको पनि उनले बताए। महत्त्वपूर्ण विषयमा राष्ट्रलाई जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसद्म उपस्थित हुनुपर्ने पनि उनको भनाइ छ ।

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसद्मा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएको तर्क पनि गरे। ‘सुशील कोइरालाको सरकारमा शुरुदेखि अन्त्यसम्म सँगै छु, सन्त नेता कृष्णप्रसाद भनिन्थ्यो , मेरो नजरमा सुशील
कोइराला हो । मैलै उहाँसँग कहिल्यै मत बझाइन । र मसँग सल्लाह नभइ राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका कुनै पनि निर्णय गर्नुभएन, जानकारी दिनुभएन ।

तत्कालीन ‘अहिले जब नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्झौता गर्नुभयो भन्ने कुरा उठेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म प्रधानमन्त्रीले गरेको हो म छैन भन्दिनँ । सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम र व्यक्त गरेका विचारसँग सहमत हुनुपर्छ । त्यसो भएर म माथि पनि आरोप लाग्न सक्छ भनेर मैले त्यससम्बन्धमा खोजिनीति गर्दा के(के भएको हो रु अस्ति मात्र एउटा पत्र आएको छ, र त्यो पत्रले प्रष्ट पारिदिएको छ ।

यसको सुरुवात जसले गरेको भए पनि यसलाई अघि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री संलग्न हुनुहुन्छ ।’

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved