काठमाडौं, असार ७ । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ सार्वजनिक गरेका हुन् ।
उनले यो भ्रष्टाचारीहरुको मन र मस्तिष्कमा बजाउने सुशासनको घण्टी रहेको बताएका छन् ।



















