काठमाडौं, असार १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबार पार्टी कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको नेपालको सचिवालयले जनाएको छ । आलेले शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।
आजै विहान अखिल नेपाल महिला संघको कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै नयाँ मन्त्रीहरुको आजै सपथ हुने बताएका थिए ।



















