काठमाडौं, असार १२ । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पदबाट राजिनामा दिने भएकी छिन् । आइतबार साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाक्रीले राजीनामा दिने तयारी गरेकी हुन् ।
नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री भएकी झाक्रीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । पार्टीले हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई नियुक्त गर्ने तयारी गरेको छ ।
नेकपा एकीकृत समाजवादीले जेठ २२ गते सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्य मन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटन मन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
पर्यटन मन्त्री प्रेम आलेले भने राजीनामा दिइसकेका छन् । उनले पनि आजै पत्रकार सम्मेलन गर्दैछन् ।



















