Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको क्षेत्र नं २ बाट चुनाव लड्ने काँग्रेस युवा नेता शंकर तिवारीको घोषणा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १४ | मध्यान्ह ०६:०३ बजे

नवलपुर, असार १४ । नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले आगामी संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उक्त क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताको सल्लाह अनुसार आफ्नो उम्मेदवारी दाबी रहेको तिवारीले जानकारी दिए ।

उनले भने ‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनु भएका बुङदी काली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेतागणदेखि मतदातासम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामना मुताबिक नेपाली कांग्रेस पार्टीका तर्फबाट नवलपुर २ बाट मेरो पनि उम्मेदवारीमा दाबी रहने सहर्ष जानकारी गराउँदछु ।’

arkhala ads

गत निर्वाचनमा काँग्रेसतर्फबाट उपविजेता विष्णु कार्की र व्यवसायी विनोद चौधरीले आकांक्षा राखेको नवलपुर क्षेत्र नं २ मा आफ्नो पनि दाबी रहने उनले बताए । परम्परागत राजनीतिमा बदलाव खोजिरहेका युवा पुस्ता र पहिलो पटक भोट हाल्ने मतदाता माझ अर्कै लहर चलिरहेको भन्दै मतदाताले राजनीतिमा पुस्तान्तरण खोजिरहेको तिवारीले बताए ।

काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका विनोद चौधरीले गत शुक्रबार पत्रकार भेटघाटमा नवलपुर क्षेत्र नं २ बाट उम्मेदवार हुने इच्छा व्यक्त गरेका थिए । क्षेत्र नं २ मा चौधरी, कार्की र तिवारीले इच्छा देखाएका छन् । नं १ भने नेता शशांक कोइरालाको निर्वाचन क्षेत्र हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved