काठमाडौं, असार १९ । आज (आइतबार) प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी प्रदान गर्ने गुरुङले जानकारी दिए ।



















