Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासी कांग्रेसका दुई गुटविरुद्ध समिति गठन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २१ | मध्यान्ह ०२:०३ बजे

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीमा रहेका दुई गुटका विरुद्ध कार्यकर्ताहरुले छुट्टै समिति गठन गरेका छन्। जिल्लामा देखिएका गुटका विरुद्ध खबरदारी गर्दै पार्टीलाई एक ढिंका गराउनका लागि दबाब दिन समिति गठन गरेको कार्यकर्ताहरुको भनाइ छ। पार्टीका पुराना कार्यकर्ताहरुले गोपिगञ्जमा भेला राखेर समिति गठन गरेका हुन्।

क्षेत्र नं. १ का कांग्रेस नेता अशोक जंग राणाको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय समितिको नाम ‘कांग्रेस चिन्तन समुह तदर्थ समिति’राखेको छ। पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। जिल्लामा प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको दुई गुट छ।

arkhala ads

यी दुई गुटका नेताहरु आफ्नो निहित स्वार्थमा लागेका कारण इमान्दार कार्यकर्तालाई जहिले पनि पछि पारेको उनीहरुको ठहर छ। पार्टीभन्दा पनि आफ्नो गुटमा नलागे अवसर नै नदिने परिपाटी दुई नेतामा देखिएको भन्दै उनीहरुलाई खबरदारी गर्ने र अनुशासन विपरीत भएका कामलाई सुधार गर्न लागि समिति गठन गरेको समितिका सदस्य उमा गिरीले बताए।

गुटमा नलागेका कारण १४ औं महाधिवेशनमा वडादेखि केन्द्रीय प्रतिनिधि र सदस्यमा समेत पुराना कार्यकर्ताहरुलाई नराखेको र स्थानीय तहको निर्वाचनमा समेत गुटको कारण देखाएर अवसरबाट वञ्चित गराइएको उनीहरुको भनाइ छ। आर्थिक प्रलोभनमा परेर नेताहरुले अन्य पार्टीबाट आएका व्यक्तिलाई स्थानीय तहको टिकट दिएको गम्भीर आरोप समेत उनीहरुको छ। गुटलाई यथावत राखेर काम गरे केही महिनामा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समेत पराजित हुने निश्चित भएको भेलाले ठहर गरेको छ। कार्यकर्ताहरु एक अर्कासँग बोले विपक्षी झै ब्यवाहार गर्ने दुई नेताहरुकै कारण जिल्लाको संगठन पनि कमजोर बन्न थालेकोमा कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन्। अन्नपूर्णबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved