काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय गरिएको छ ।



मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि हिजोको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन गठन, संसद बैठकलगायतले आजका लागि स्थगित गरिएको थियो ।


आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । त्यस्तै लामो समय थाती रहेको पदाधिकारी पनि टुंगिने बताइएको छ ।








