काठमाडौं, असार २४ । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार १५४ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६४ रहेको छ ।
यस्तै आज ६२ हजार ९७१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।



















