काठमाडौं, असार २४ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
डा.भट्टराईले उनीहरुबीच भएको भेटवार्ताको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले मेयर बालेन शाह र उनको टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
मेयर शाह र भट्टराईबीच काठमाडौं महानगरपालिकाका समस्या तथा गर्न सकिने कामहरुका बारेमा छलफल भएको बताइएको छ ।



















