काठमाडौँ, २६ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेकाे हाे ।
आजको बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने बताइएकाे छ । बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यसुची छ ।
यस्तै आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल हुने बताइएको छ ।



















