काठमाडौं, असार २६ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले नेपाल अहिले श्रीलंकाको अवस्थामा पुगी नसकेको भए पनि निष्ठा, विचार र स्वार्थी राजनीतिको बाटोले ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुर्याउने भएकाले सबैले सचेत हुनुपर्ने र समयमा सबैले सामूहिक एव संगठित पहल गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’



















