काठमाडौं, असार २७ । आजदेखि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयको छलफल गर्ने एजेण्डा रहेको स्रोतले जनाएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा र आउँदो प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने छ ।
त्यस्तै बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।



















