Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

दलको निर्णयलाई चीनले सम्मान गर्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २८ | बिहान ०८:०३ बजे

काठमाडौं । नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियाङ छाओले नेपालको कुनै पनि राजनीतिक दलले आफ्नो बारेमा आफैंले निर्णय गर्नुपर्ने र उक्त कुरालाई चीनले सम्मान गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार अपराह्न दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा उहाँले स्पष्ट रूपमा उक्त धारणा राख्दै चीनलाई त्यसमा कुनै चासो नभएको बताउनुभएको थियो ।

भेटवार्तापछि सञ्चारकर्मीसँग बोल्दै माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘यहाँ के गर्ने भन्ने कुरा माओवादी केन्द्र वा अन्य वामपन्थी दलको आफ्नै कुरा हो, त्यसमा हामी हस्तक्षेप गर्न चाहन्नौं र चीनले त्यसमा रुची पनि लिँदैन ।’ वाम पार्टी एकताका बारेमा कुनै पनि कुरा नभएको दाबी गर्दै श्रेष्ठले भन्नुभयो–‘बरू उहाँले नेपालका दलहरूबीच एकता होस् । सबै मिलेर नेपालको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गरेकोमा हामी खुशी छौं । दलहरूमा आफ्नो बारेमा आफैं निर्णय लिने क्षमता वृद्धि होस्, चीनले प्रगति गरेको पनि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो निर्णय आफैं गरेर हो भन्नुभयो ।’

arkhala ads

भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठका साथै कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता थियो । सोमबार नै चिनियाँ विदेश विभाग प्रमुख लिउले गोकर्णेश्वर नगरपालिका–१ स्थित विपी संग्रहालयको निरीक्षण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षरोपण गर्नुभएको थियो । लिउले अध्ययनका क्रममा आफूले विपी कोइरालालाई बुझेको बताउँदै संग्रहालयको अवलोकनले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अझै नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभएको संग्रहालयका अध्यक्ष पोखरेलले बताउनुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved