Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी स्वीकार गर्छु : केपी ओली

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २८ | बिहान ०८:०३ बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ ।

‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिविहीन मानवका रूपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रूपमा चिनिएका अध्यक्ष ओलीले भन्नुभयो– ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’

arkhala ads

एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले पहिलोपटक आफ्नो भागको कमजोरी स्वीकार गर्नुभएको थियो । उहाँले दलहरूप्रति जनतामा वितृष्णा बढेको स्वीकार मात्र गर्नुभएन, यसको कारण चिरफार गर्ने प्रयास पनि गर्नुभयो, ‘दलहरूप्रति वितृष्णा फैलाउने काम आजको गठबन्धन सरकार र यसमा रहेका पार्टीहरूले सर्वाधिक गरेका छन्, यत्रतत्र भ्रष्टाचार छ, महँगी बढेको छ, जनताको ढाड सेक्ने काम भएको छ, अनाडीहरूले गलत पात्रको प्रवेश गराएर बजेट बनाएको र एकपछि अर्को देशघाती काम गरेका कारण दलहरूप्रति वितृष्णा बढ्ने नै भयो ।’

अध्यक्ष ओलीले केही दल र नेताहरूको कमजोरीका कारण पार्टीप्रति वितृष्णा बढे पनि यसको विकल्प नरहेको, लोकतान्त्रिक शासन व्यवस्थाको ठाउँमा अर्को व्यवस्था आउन नसक्ने धारणा राख्नुभयो, ‘अपवाद जहाँ पनि हुन्छ, पाणिनीको व्याकरणमा त अपवाद छ, दलको विरोध त्यस्तै एक अपवाद हो ।’‘हामी संघीय र प्रादेशिक निर्वाचनको संघारमा छौं’ भन्ने वाक्यबाट शुरू भएको अध्यक्ष ओलीको सम्बोधन आगामी मंसिर २ गते हुने भनिएको संघीय र प्रादेशिक निर्वाचनको प्रचारको प्रारम्भ हो । उहाँले निर्वाचनको एजेन्डा ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन शासनमा स्थिरता र स्थायित्व’ हुने जानकारी पनि गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति दुई ध्रुवमा बाँडियो, त्यो ठीक छ, एकातिर प्रष्ट दिशा र लक्ष्य लिएको एमाले छ भने अर्कातिर पाँच विचार बोकेका पाँच दल छन्, उनीहरूको लक्ष्य राष्ट्र र नागरिक होइन, जसरी पनि गठबन्धन जोगाउने र सत्तामा टाँसिएर बस्ने छ, हामी यही विचार लिएर जनतामा जान्छौं ।’अर्को एक प्रसंगमा अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘विदेशी डलरको सञ्चितिका तीव्र मन्दी आएका बेला नेपाललाई हतियार किन चाहियो ? यस्तै बुद्धिले गठबन्धन सरकारले कम्तीमा हामीलाई श्रीलंकाको नियतिमा पु-याउने नै भए, त्योभन्दा अझ खराब अवस्थामा पनि पु¥याउने त्रास बढेर गएको छ ।’ उहाँले समयमै जनता नजाग्ने, सरकारलाई गलत काम गर्न नरोक्ने र सुधारका कदम नचाल्ने हो भने नेपालीले कठोर आर्थिक मन्दीको सामना गर्नुपर्ने धारणा उहाँको थियो ।

‘सर्वोच्च अदालतले परमादेशबाट मलाई हटाएको मंगलबार एक वर्ष भयो, एमालेले निर्वाचनमा जाऔं, त्यही उत्तम विकल्प हुन्छ भनेको थियो जो आज पनि प्रमाणित भइरहेको छ, मुलुकमा विकृति बढेको छ, लोकतन्त्रका बाहक राजनीतिक दलको प्रभाव घटेको छ, आर्थिक मन्दीको अवस्था नजिकिएको छ’ उहाँले अर्को एक प्रसंगमा भन्नुभयो– प्रदेशमा जता हे¥यो त्यतै मन्त्रीका गाडी भेटिन्छन्, १४–१४ मन्त्रालय किन चाहियो, कसैलाई मन्त्री बनाउन मन्त्रालय खोल्ने, गठबन्धन जोगाउन र कसैलाई जागिर खुवाउन राज्यलाई आर्थिक बोझ थप्ने, ठेकेदारले काम सक्यो तर भुक्तानी पाउँदैन किनभने ढिकुटीमा पैसा छैन । गठबन्धन सरकारको मृत्यु भइसकेको र यसलाई महादेवले सतीदेवी बोकेझैं बोकेर हिँड्दा जनताको घरआँगनमा मृतदेहबाट अंग पतन भएर पीठ बन्दैन, बरु श्राव बन्छ भन्दै उहाँले मुलुकमा उत्पादन बढाउनका लागि चाहिने आधारभूत वस्तुको आयात गर्न पनि विदेशी मुद्रा नरहेको गम्भीर अवस्थाको चित्रण गर्नुभयो ।

तीन तहको सरकार मुलुकका लागि बोझ र विकृतिको स्रोत भएकाले यसलाई दुई तहमा ल्याउनुपर्छ कि भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘नेपालको संविधान, २०७२ राष्ट्रिय एकता र अखण्डताका लागि हो, यसको पालना भएन भने विखण्डन, अनेकता र अशान्ति छाउँछ । हामीले अहिले इमानदार भएर तीन तहकै सरकारको अभ्यास गर्नुपर्छ । तर, इमानदारीका साथ संविधानले देखाएको बाटो हिँड्दाहिँड्दै पनि सम्भव भएन भने कुरा बेग्लै हो, जनताले नै अव्यावहारिक अभ्यास झिकेर फालिदिनेछन् ।’

संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका नेता ओलीले संविधानले निर्दिष्ट गरेका ऐन–कानुन बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास नै नगरी, अभ्यासले पूर्णता पाउनुअघि नै हतारमा तीन तहको सरकार दुई तहमा ल्याउने विचार गलत हुने धारणा राख्नुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved