कावासोती । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्ताहरुलाई कार्बाहीको माग गरेका छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै नेपाली कांग्रेस बुलिङटारमा व्यापक असन्तुष्ट बढेको छ ।
निर्वाचनको मत परिणाम आए लगतै कांग्रेस बुलिङटारले आफ्नो उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै, पटक पटक प्रत्येक वडा र पालिकाको बैठकमा माग राखेका थिए । स्थानीय नेताकार्यकर्ताहरुले पनि पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोपमा अन्तरघात गर्नेलाई पार्टीले कार्बाही गरि निष्कासन गर्नेसमेत माग राखेका छन ।
यस अनलाईनका संबाददाताले कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्र ध्वज जिसीसंग टेलिफोन संबादमा अन्तरघात गर्नु भनेको मतदाताको अधिकारलाई कुठाराघात गर्नु हो, भन्दै तत्काल वडा र पालिकाबाट अन्तरघात गर्ने नेताकार्यकर्ताहरुको नाम पहिचान गरि प्रमाणसहित कार्बाहीको माग गर्दै निबेदन दिन आग्रह गर्नुभएको छ । अन्तरघात गर्ने ब्यक्तिलाई आफुले कुनै कसुर नराखी तुरुन्तै कार्बाही गर्ने बताएका छन । उहाँले अन्तरघात गर्ने, जोसुकैलाई पार्टीले कार्बाही गर्ने बचनसमेत दिएका छन् ।
त्यसैगरी बुलिङटार गाउँपालिका कांग्रेस सभापति ओम कुमार श्रेष्ठसंग यस अनलाईनले लिएको फोन संबादमा निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्तालाई कार्बाही सिफारिस आएकोले पालिकाबाट कार्बाहीको सिफारिस गर्ने बताए । उहाँले कतिपय वडा सभापतिहरुले अन्तरघात गर्ने ब्यक्तिको पहिचान गरि पालिकामा कार्बाहीको सिफारिस आएको बताउनु भयो ।
उहाँले बुलिङटार कांग्रेसले पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गरेको आरोपमा तत्कालिन जिल्ला समन्वय समिती नवलपुरका सभापति चेस राम आले, गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीति सल्लाहकार खड्का बहादुर कमाल (कुमाल) र नेपाली कांग्रेस नवलपुरका बर्तमान सचिव होमराज रानाभाटलाई कार्बाहीको माग गर्दै निबेदन परेको पुष्टि गर्नु भयो ।



















