Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार कांग्रेसमा व्यापक असन्तुष्ट, अन्तरघात गर्नेलाई कार्बाही तयारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार २८, मंगलवार ०२:२६ बजे प्रकाशित
bulingtar press ads

कावासोती । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्ताहरुलाई कार्बाहीको माग गरेका छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै नेपाली कांग्रेस बुलिङटारमा व्यापक असन्तुष्ट बढेको छ ।

निर्वाचनको मत परिणाम आए लगतै कांग्रेस बुलिङटारले आफ्नो उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै, पटक पटक प्रत्येक वडा र पालिकाको बैठकमा माग राखेका थिए । स्थानीय नेताकार्यकर्ताहरुले पनि पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोपमा अन्तरघात गर्नेलाई पार्टीले कार्बाही गरि निष्कासन गर्नेसमेत माग राखेका छन ।

यस अनलाईनका संबाददाताले कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्र ध्वज जिसीसंग टेलिफोन संबादमा अन्तरघात गर्नु भनेको मतदाताको अधिकारलाई कुठाराघात गर्नु हो, भन्दै तत्काल वडा र पालिकाबाट अन्तरघात गर्ने नेताकार्यकर्ताहरुको नाम पहिचान गरि प्रमाणसहित कार्बाहीको माग गर्दै निबेदन दिन आग्रह गर्नुभएको छ । अन्तरघात गर्ने ब्यक्तिलाई आफुले कुनै कसुर नराखी तुरुन्तै कार्बाही गर्ने बताएका छन । उहाँले अन्तरघात गर्ने, जोसुकैलाई पार्टीले कार्बाही गर्ने बचनसमेत दिएका छन् ।

त्यसैगरी बुलिङटार गाउँपालिका कांग्रेस सभापति ओम कुमार श्रेष्ठसंग यस अनलाईनले लिएको फोन संबादमा निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्तालाई कार्बाही सिफारिस आएकोले पालिकाबाट कार्बाहीको सिफारिस गर्ने बताए । उहाँले कतिपय वडा सभापतिहरुले अन्तरघात गर्ने ब्यक्तिको पहिचान गरि पालिकामा कार्बाहीको सिफारिस आएको बताउनु भयो ।

उहाँले बुलिङटार कांग्रेसले पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गरेको आरोपमा तत्कालिन जिल्ला समन्वय समिती नवलपुरका सभापति चेस राम आले, गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीति सल्लाहकार खड्का बहादुर कमाल (कुमाल) र नेपाली कांग्रेस नवलपुरका बर्तमान सचिव होमराज रानाभाटलाई कार्बाहीको माग गर्दै निबेदन परेको पुष्टि गर्नु भयो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved