वीरगञ्ज, असार ३० । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा बुधबार र बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
डा. भट्टराईसँगै गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोँबलाई निष्कासित गरिएको हो । बैठकमा अध्यक्ष यादवले राखेको प्रस्ताव केन्द्रीय सदस्यहरुले एक मतले पारित गरेका हुन् ।
संघीय परिषद् अध्यक्षमा भट्टराईलाई हताएसँगै सो पदमा अशोक राईलाई चयन गरिएको छ ।



















