काठमाडौं, असार ३१ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे नौ बजेबाट बसेको हो ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि गठबन्धनको बैठक बसेको हो ।



















