काठमाडौँ, असार ३१ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् ।
भुसालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भट्टराईले ९३ मत मात्रै प्राप्त गरेका हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए । साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएकी छिन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।
२०७४ सालमा भएको निर्वाचनमा भुसाल नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । त्यतिबेला भुसालले ५८ भोट प्राप्त गर्दा तुम्बाहाङ्फेले २०१ भोट प्राप्त गरेकी थिइन् ।



















