काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको हो ।
गत सोमबारदेखि निरन्तर बसेको केन्द्रीय समिति बैठकमा नेताहरुको बोल्ने क्रम सकिएको छ । बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो । पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ ।
हिजो शनिबार सक्ने तयारी गरिएको केन्द्रीय समिति बैठक नेताहरूको बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।



















