काठमाडौं, साउन १ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आज शपथग्रहण गर्दै छिन् । उनको शपथ कार्यक्रम अपराह्न ४ बजेका लागि तय गरिएको छ ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।
उनी गत शुक्रबार प्रतिनिधि सभामा भएको मतदानबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।



















